२ कार्तिक २०८३, सोमबार

सदनमा मन्त्रीको जवाफ सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepal1काठमाडौँ, २४ असार । व्यवस्थापिका–संसद्मा विनियोजन विधेयक २०७३ अन्तर्गत १३ वटा मन्त्रालयमाथि छुट्याइएको बजेट र योजनाबारेमा सांसदले राख्नुभएको प्रश्नका आज सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्य सुरु भएको छ ।

उद्योग, कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुल, शान्ति तथा पुनःनिर्माण, गृह, वन तथा भू–संरक्षण, ऊर्जा, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा समाजकल्याण, रक्षा, परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले विनियोजन विधेयकमाथि सदनमा उठेको प्रश्नको आज जवाफ दिनुहुने कार्यसूची रहेको छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रीको जवाफ

शान्ति तथा पुनःनिर्माणमन्त्री एकनाथ ढकालले ऐतिहासिक जिम्मेवारी बहन गर्ने उद्देश्यका साथ स्थापना गरिएको शान्ति तथा पुनःनिर्माण मन्त्रालयले विगतका द्वन्द्वपीडित, प्रभावित क्षेत्र, घाइते, विस्थापितलाई स्थापित गर्ने मान्यताअनुसार राहत, सहयोग र पुनःनिर्माण कार्य अघि बढाउने काम भइरहेको जानकारी दिनुभयो ।

पुनःनिर्माणलाई अघि बढाउन आवश्यक बजेटको अभावमा अपेक्षाकृतरुपमा योजना कार्यान्वयनमा लैजान कठिनाइ भएको बताउँदै उहाँले द्वन्द्वको समयमा क्षति भएका भौतिक संरचनालाई पुनःनिर्माण गर्ने सन्दर्भमा गाविस भवन र प्रहरी चौकीलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।

शान्तिका लागि झन्डै चार हजार कार्यक्रम सञ्चालनका लागि रु ६४ करोड बजेट अपुग भएको बताउँदै मन्त्री ढकालले स्थानीय शान्ति समितिमा जिल्लामा क्रियाशील राजनीतिक सबै दलको सहभागिता रहेकाले त्यहाँबाट हुने कार्यसम्पादन निष्पक्ष हुने आफूले विश्वास लिएको धारणा राख्नुभयो ।

पुनःनिर्माणको काम हालसम्म एक तिहाइ भएको सो अवसरमा जानकारी दिइयो । यसअघि उहाँलाई सांसदद्वय अनुराधा थापामगर र अमरसिंह पुनले स्पष्टीकरण माग गर्नुभएको थियो । रासस