बेइजिङ, २४ असार । चिनियाँ विदेशमन्त्री वाङ्ग यीले जुलाई ८ बाट १० तारिखसम्म श्रीलङ्काको भ्रमण गर्नु लाग्नु भएको छ ।
उहाँले श्रीलङ्काको शुक्रबारबाट आइतबारसम्म तीनदिने औपचारिक भ्रमण गर्न लाग्नु भएको बताइएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ्ग लिले बिहीबार सो जानकारी दिनु भएको छ ।
भ्रमणका क्रममा उहाँले द्विपक्षीय हितका विषयमा श्रीलङ्काका वरिष्ठ अधिकारीहरूसँग वार्ता गर्नुहुने बताइएको छ । –सिन्ह्वा















प्रतिक्रिया