काठमाडौं, २३ असार । उत्तर कोरियाका सर्वाेच्च नेता किम जोंग उनमाथि अमेरिकाले नयाँ कारवाही गरेको छ ।
अमेरिकाले पहिलोपटक किमलाई कालोसूचीमा राख्दै प्रतिबन्ध लगाएको हो । कोरियाली नागरिकमाथि मानवअधिकार उल्लंघन गरेको आरोपमा उनलाई पहिलोपटक अमेरिकाले प्रतिबन्धको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाले एक वक्तव्य जारी गर्दै उत्तर कोरियामा हिंसा भड्काउने काममा नेता उनले प्रत्यक्ष भूमिका निर्वाह गरेको भन्दै प्रतिबन्धको घोषणा गरेको हो ।
नेता उनसँगै उत्तर कोरियाका १० उच्च अधिकारीहरुलाई पनि अमेरिकाले कालो सूचीमा राखेको छ ।
उत्तर कोरियाले भने अमेरिकाको यस घोषणा प्रति कुनै प्रतिक्रया दिएको छैन । प्रतिबन्धसँगै अमेरिकामा रहेको उनीहरुको सम्पत्ति फ्रिज हुनेछ भने अमेरिकी नागरिक र संस्थासँग कुनै पनि व्यापारिक कारोबार गर्ने पाउने छैनन् ।
















प्रतिक्रिया