२६ कार्तिक २०८३, बिहिबार

मुम्बईमा यसरी तोडे १४ वर्षीय नेपाली बालकले नेल (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shiva-bhusal-1

– नरेश केसी

भैरहवा, २३ असार । भारतको मुम्बईमा एक नेपाली बालकले नेल तोडेर भागेका छन् । मुम्बइको एक बन्द उद्योगमा १० महिना सम्म नारकीय जीवन बिताइरहेको १४ वर्षिय शिव भुसालले नेल तोड्न सफल भएका हुन् ।

२४ औं घण्टा नेल (फलामे सिक्री) लगाएर काममा लगाइएका बालक हुन् हेटौडा नवलपुर गाउँका १४ वर्षीय शिव भुषाल । भुसाललाई एक बन्द उद्योगमा नेल लगाएर काम गर्न बाध्य बनाइएको थियो । १० महिना सम्म हातमा नेल बाधेंर बधुवा मजदुर जस्तै काम गर्न बाध्य भएका उनले हिम्मत गरेर त्यहांबाट भाग्न सफल भएका छन् । यसरी भागेर स्वतन्त्र भएका ती बालकलाई अहिले प्रवासी नेपाली मित्र मन्च दिल्लीले विहीबार नेपाल ल्याइ उनको घर परिवारको खोजीमा लागेको छ ।

Child-rescue

विभिन्न प्रलोभनमा परी नेपालका महिलायुवतीहरु दलालद्धारा भारतमा बेचिने घटनाहरु दिनहु सार्वजनिक हुन्छन् । तर भारतमा महिलायुवतीहरु बेचिने संख्या जस्तै बालक बेचिने संख्या पनि दिनप्रति दिन बढ्दै गएको छ ।

भारतमा बेचिएका युवती महिलाहरुलाई यौन व्यवसायमा लगाइन्छ भने बालबालिकाहरुको शरीरबाट कलेजो, किड्ने, आँखा लगायतका विक्री हुने अंगहरु झिकेर विक्री गर्ने गरिन्छ ।

ashish

यस्तै भारतमा बेचिएका दुई बालकको प्रवासी नेपाली मित्र मंचले भारतको दिल्लीबाट उद्धार गरी नेपाल ल्याएको छ । बर्दिया जिल्ला पुरैना गाउँका १० वर्षीय राहुल बिक र भुषाललाई मंचले दिल्लीको सरकारी बालगृहबाट उद्धार गरी नेपाल ल्याएको हो ।

उनीहरु घर ठेगाना पत्ता लागेको र प्रहरीको सहयोगमा उनीहरुलाई उनीहरुको परिवारको जिम्मा लगाइने भैरहवामा संचारकर्मीहरुसगँ कुराकानी गर्दै प्रवासी नेपाली मित्र मंचका अध्यक्ष दुर्गा प्रसाद अर्यालले बताए ।

मुम्बईमा बेचिएका भुषाल यसरी सुनाउँछन् आफ्नो व्यथा

म तिज मनाउन आफ्नो मामा घर बारा जिल्लाको जितपुर गएको थिए । त्यहाँ एक जना शंकर लिम्बु भन्ने व्यक्ति सँग मेरो चिनजान भएको थियो । म ३ दिनपछि आफ्नो घर हेटौडा जाने भनेपछि त्यो व्यक्तिले म पनि हेटौडा जाने हो म सँग हिड् न त भनेपछि म उसको गाडीमा जान राजी भए । र, हामी जाने बेलामा पथलैयाको जंगलमा मैले खाना खाएकोसम्म मलाइ याद छ । त्यसपछि मेरो आँखा खुल्दा म मुम्बईको एउटा बन्द रहेको उद्योगमा थिए र मेरो हात फलामको दाम्लोले (हतकडी) बाँधिएको थियो ।

Child-rescue-2

उक्त उद्योगमा म सहित त्यहाँ हामी सयौ नेपाली भारतीय बालबालिका थियौँ । त्यहाँ सबैको हात फलामको दाम्लोले बाँधिएको थियो । त्यसपछि हामीलाई त्यहाँ पिटेर काम गराइन्थयो । बिहान साँझ काम गराएपछि साँझ एक छाक मात्र खान दिन्थे । त्यहाँ रहेको बालबालिकालाई ३ वटा भिख माग्ने, ढुगां फोर्ने र कार्टुन ओसार पसार गर्ने काम गर्न लगाइन्थयो । मैले भिख त मागिन तर हातमा दम्लो बाँधिएकै अवस्थामा मैले बन्द उद्योग भित्र कार्टुन ओसार पसारको काम गर्थे । मेरो हातमा १० महिना सम्म दाम्लो बाँधिएको थियो । ठुलो फलामको दाम्लो थियो । उक्त फलामको दाम्लो एकातिर भित्ता गाडिएको थियो र अर्को मेरो हातमा । काम गर्न क्षेत्र सम्म मात्र जान सकिन्थ्यो । त्यो भन्दा बाहिर मिल्थेन ।
अनि एक दिन त्यहाँ हामीलाई रेखदेख गर्ने एउटा सुरक्षागार्डको बर्थ डे पार्टी थियो । सबै मदिरा सेवन गर्दै थिए । अनि मैले सोही मौका छोपेर हातमा बाँधिएको फलाम दाम्लो तोडेर त्यहाँबाट भाग्न सफल भए । यदी त्यहाँबाट भाग्ने क्रममा कोही बालबालिका पक्राउ परेमा ती बालबालिकालाई विजुलीको झट्का दिने गरिन्थ्यो जुन तथ्य म भाग्नु भन्दा अगाडी एकाध जनाले गरेको प्रयासपछिको कारवाहीलाई मैले देखेको थिए । तर पनि मैले साहस गरेर म त्यो नर्कबाट भाग्न सफल भए किन कि मेरो अगाडी दुईवटा विकल्प मात्रै थियो । एउटा जिन्दगी भर दाम्लोमा बाँधिएर अरुले झै बधुवा जिन्दगी बाच्ने या त भागेर आफ्नो घरपरिवार खोज्ने । मैलो दोस्रो विकल्प रोजेर त्यो जोखिम उठाई दाम्लो (सिक्री) त मैले तोडेको थिए तर मेरो हातमा गोलो आकारको फलाम थियो त्यो तोड्न सकेको थिएन । अनि बाहिर मलाई हेर्ने व्यक्तिहरुले कुन कारगारबाट भागेर आएको यहाँ बाट जाउ भन्थे । त्यसैबिच एक जना व्यक्तिले हातमा रहेका गोलो आकार फलाम तोड्ने स्थान बताएर मलाई ५० रुपैयाँ दिए । र म त्यहाँ गएर हातमा रहेको फलाम तोडे । त्यसपछि भाग्ने क्रममा म रेलद्धारा संयोग बस दिल्ली पुगे र मैले त्यहाँको बालगृह आश्रममा सम्पर्क गरे र म त्यहाँ २ महिना बसे । त्यसपछि प्रवासी नेपाली मित्र मंचले त्यहाँबाट मलाई मेरो घर पुर्याउनका लागि नेपाल लिएर आए ।

Shiva-bhusal-2

त्यस्तै अधिक पिडाका कारण धेरै जानकारी दिन नसक्ने बर्दिया जिल्ला पुरैना गाउँका १० वर्षीय बिकले आफुलाई अंकित नामक व्यक्तिले मिठाई खुवाई लठ्ठ पारेर दिल्ली पुराएको बताउँछन् । उनी पनि दिल्लीको सरकारी बालगृहमा थिए ।

त्यस्तै बुटवलका १७ वर्षीय आशिष दमाई पनि दिल्लीको बालगृहमा रहेको छन् । दिल्लीमा एक व्यक्तिले आशिषलाई श्रम गराएको आरोपमा प्रहरीले बालकको उद्दार गरी श्रम गराउने व्यक्ति उपर अदालतमा मुद्दा दायर गरेको मुद्दा प्रक्रियामै रहेको कारण तत्काल आशिषलाई नेपाल ल्याउन नसकिएको मंचका अध्यक्ष अर्यालले बताए ।

दमाईले आफ्नो घर बुटवलको योगीकुटी नजिक मगरघाटको सुकुम्वासी झुलुङ्गे पुल नजिक रहेको बताएको र अब आफुहरुले उनको परिवारसगँ सम्पर्क गरी आशिषलाई घर ल्याउनमा पहल गरिने प्रवासी नेपाली मित्र मंचका अध्यक्ष दुर्गा प्रसाद अर्यालले बताए ।

भारतको दिल्लीमा केन्द्रिय रहेको मंचले विगत २५ वर्ष देखि महिला, बालबालिकाको उद्दार लगायतको कार्य गर्दै आएको छ । हालसम्म संस्थाले करिब २ हजार महिला, बालबालिकाको उद्धार गरेको प्रवासी नेपाली मित्र मंचका प्रचार सचिव जगविर सिंह क्षेत्रीले बताए ।

Child-rescue-1  Shiva-bhusalChild-rescue-3  Shiva0bhusal