काठमाडौं, २३ असार । विहीबार दिउँसो पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार लमजुङलाई केन्द्र बनाएर दिउँसो २ बजेर ४४ मिनेटमा गएको ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प धक्का कास्की, गोरखा लगायतका जिल्लामा पनि महसुस गरिएको हो ।
यसअघि पश्चिम नेपालकै बझाङ केन्द्र भएर लगातार भूकम्पका धक्का महसुस गरिएका थिए ।













प्रतिक्रिया