२ कार्तिक २०८३, सोमबार

झोलुङ्गे पुल निर्माण सुरु

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jholungeरामपुर (पाल्पा), २३ असार । रामपुर नगरपालिकाको झम्मखोलामा झोलुङ्गे पुल निर्माण सुरु गरिएको छ । कालीगण्डकी करिडोरअन्तर्गत पर्ने नगरपालिकाको १४ र १५ वडालाई जोड्ने गरी पुल निर्माण कार्य सुरु गरिएको हो ।

छयानब्बे मिटर लम्बाइको सो पुल रु ३७ लाखको लागतमा निर्माण हुने स्थानीय दामोदर तिमिल्सिनाले बताउनुभयो । हालै सुरु गरिएको सो पुल अगामी पुस २५ गतेभित्र निर्माण सम्पन्न गरिने तिमिल्सिनाले बताउनुभयो ।

पुल निर्माण भएपछि यहाँका ७२ घरधुरीका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।

कालीगण्डकी नदीको नजिकै रहेको झम्मखोला बर्सेनि वर्षाको बाढी उर्लेर आउँदा यहाँका स्थानीयवासीलाई दैनिक कामकाज गर्न, विद्यालय जाने विद्यार्थी, शिक्षक, विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिलाई वारिपारि गर्न जोखिमपूर्वक खोला तर्नुपर्ने बाध्यता रहेको उपेन्द्र अधिकारीले बताउनुभयो । रासस