१ कार्तिक २०८३, आइतबार

विमानस्थल नजिकैको सैनिक प्रमुख कार्यालयमा गोली हानाहान, १० सैनिकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestol

एडेन, २२ असार । यमनको दोस्रो ठूलो सहर एडेनमा अवस्थित विमानस्थलमा रहेका सैनिक प्रमुख कार्यालयहरुमा सदिग्ध जिहादीहरुले बुधबार कब्जा गरेका छन् ।

साउदी अरेबिया समर्थित सरकार रहेको यस देशमा भएको यस सैन्य शिविर कब्जापछिको आक्रमणमा कम्ती १० जना सैनिकको मृत्यु भएको छ ।

सैनिकको पोशाकमा रहेका यी आतङ्ककारीहरुले गरेका दुई वटा बम आक्रमणमा कम्तीमा १० सैनिकको मृत्यु भएको छ । आक्रमणकारीहरु इस्लामिक स्टेट जिहादी समूहका रहेका जनाइएको छ ।

आक्रमणका क्रममा आतङ्ककारी र सैनिकबीच भएको दोहोरो गोली हानाहानमा ती सैनिकहरु मारिएका छन् ।

सैनिकले सैन्य शिविर घेरा लगाएपछि १५ देखि २० जनासम्मको सङ्ख्यामा आएका आतङ्ककारीहरुले दोहोरो गोली हानाहान गरेका बताइएको छ ।

यमनमा गत बर्षको मार्च महिनाबाट नै साउदी अरेबिया सरकारको सहयोगमा विद्रोही विरुद्ध हवाई आक्रमण सुरु भएको थियो ।

यमनका अल कायदा र अन्य आतङ्ककारी समूहलाई लक्ष्यगरी अमेरिकी चालकरहित विमान (ड्रोन) पनि बारम्बार आक्रमण हुने गरेको छ । विद्रोहीलक्षित यस आक्रमणबाट सफलता पनि प्राप्त भएको बताइन्छ ।

मुसलमान समुदायको महान पर्व रमादानको अन्त्यमा हुने उत्सवको अवसरमा यो हमला भएको बताइएको छ । रासस-एएफपी