२६ कार्तिक २०८३, बिहिबार

शशांकको होस खुल्योः हातका औंला चलाए, बोलाउँदा आँखा खोले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sasanka-koirala-1

काठमाडौं, २२ असार । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ ।

अचानक स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बुधबार विहानदेखि ओम अस्पतालको आइसियूमा उपचार गराइरहेका शशांकको स्वास्थ्यमा सामान्य सुधार आएको उपचारमा संलग्न डा. लव जोशीले जानकारी दिए ।

उनका अनुसार शशांकले हातको औला चलाएका छन् भने बोलाउँदा आँखा खोलेका छन् ।

अस्पताल पुगाउँदा अचेत भएका शशांकले केहीबेर अघि मात्र आँखा खोलेको र चिकित्सकले बोलाउँदा सुनेको संकेत गरेको डा. जोशीले बताए । उनले आफूहरुका लागि यो नयाँ उपलब्धि भएको भन्दै खुसी व्यक्त गरे ।

यद्यपी उनको उपचार जारी छ ।

शशांकको उपचारमा उनकी पत्नी सुपात्रा कोइरालासहित डा अर्जुन कार्की, डा भगवान कोइराला, डा युएन पाठक, डा लव जोशी, डा श्याम महर्जन, डा सुवास आचार्य, डा महेश भट्टराई, डा रवीन्द्र श्रेष्ठ, डा रावल पाठक, डा पिके क्षेत्री, डा हरिकिशोर श्रेष्ठलगायतका १५ जनाभन्दा संलग्न छन् ।