काठमाडौं, २२ असार । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफ्ना कान्छा भाइलाई भेटेपछि भक्कानिएर रोएकी छिन् ।
कांग्रेसका महामन्त्री समेत रहेका डा. शशांक कोइरालालाई चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको कक्षमा पुगेर भेटेपछि सुजाता भक्कानिदै अस्पताल बाहिर निस्किएकी थिइन् । उनका आँखाबाट आँशु झरेको प्रत्यक्षदर्शीहरूले बताए ।
डा.कोइरालाकी दिदी सुजाता ओम अस्पतालमा झण्डै आधा घण्टा बसेर घर फर्किएको कांग्रेस कार्यकर्ताहरूले जनाएका छन् ।
महामन्त्री कोइराला बिरामी भएर अस्पताल भर्ना भएपछि उनलाई भेट्न प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवादेखि माधवकुमार नेपालसम्मका नेताहरू अस्पताल पुगेका थिए ।












प्रतिक्रिया