२६ कार्तिक २०८३, बिहिबार

डा.कोइरालाको स्वास्थ्य अवस्था बुझ्न देउवा ओम अस्पतालमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress ka netaकाठमाडौं, २२ असार । कांग्रेस सभापति शेरबहादुर देउवा अस्वस्थ्य भइ अस्पताल भर्ना हुनु भएका कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएको छ ।

सभापति देउवा बिहान करीव पौने नौ बजे चाबहिलस्थित ओम अस्पताल पुग्नुभएको नेविसवंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो । देउवाले डा.कोइरालाको स्वास्थ्य अवस्थाका विषयमा चिकित्सकहरूसँग जानकारी समेत लिनुभएको छ ।

डा.कोइरालाको स्वास्थ्य अवस्था बुझ्नका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरू पनि ओम अस्पताल पुग्नुभएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या भएपछि डा. कोइरालालाई मंगलबार राति अस्पताल भर्ना गरिएको थियो । अस्पताल परिसरमा कांग्रेस नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूको भीड लागेको छ ।