काठमाडौं, २१ असार । भारतीय नेताहरुले नेपालीहरुमा बढेको भारतविरोधी भावनाप्रति चिन्ता व्यक्त गरेका छन् ।
नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहलाई मंगलबार सम्बोधन गर्दै भारतीय नेताहरुले नेपालीले भारतलाई नकारात्मक भन्दा पनि सकारात्मक सोचाई राख्नुपर्नेमा जोड दिए ।
भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालको विकास स्वयम् नेपालीले नै गर्ने हँुदा यहाँका जनता र राजनीति पार्टीबीच देखिएको मतभेद अन्त्य गर्दै सहमति र सहकार्यको बाटो अवलम्बन नै संविधान कार्यान्वयनको महत्वपूर्ण कडी भएको बताए ।
भारतीय राष्ट्रिय काँग्रेसका नेता आलोक शर्माले नेपाल र भारतको सम्बन्ध अनुपम रहेको उल्लेख गर्र्दै नेपालीले नकारात्मक सोचाइभन्दा सकारात्मक चिन्तन गर्नुपर्ने समय आएको बताए ।
आम आदमी पार्टी भारतका नेता प्रणीव कुमारले विकास आपसी मतभेदबाट नभई एकताबाट मात्र सम्भव छ भने ।














प्रतिक्रिया