२६ कार्तिक २०८३, बिहिबार

सद्भावना पार्टी चार दिनदेखि लगातार ‘गयल’, विभाजन हुँदै गठबन्धन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-mahatoकाठमाडौं, २१ असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको टकरावका कारण राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले खुलामञ्चको रिले अनशनमा लगातार चार दिनदेखि अनुपस्थिति जनाएको छ ।

स्रोतका अनुसार यादवसँगको व्यक्तिगत टकरावले महतोले रिले अनशनमा आफ्नो पार्टीका नेताहरूलाई नपठाउनु भएको हो ।

‘उपेन्द्र यादव र राजेन्द्र महतोजीको खै के समस्या छ’, स्रोतले भन्यो, ‘चार दिनदेखि सद्भावना पार्टीको कुनै पनि प्रतिनिधि रिले अनशनमा आएको छैन ।’
रिले अनशन लगातार चार दिनसम्म छाडेको विषयमा सद्भावना पार्टीले पनि केही बताएको छैन ।

संघीय गठबन्धनको संयोजक उपेन्द्र यादव बनेपछि राजेन्द्र महतोले विरोध गरेका थिए । मधेसी मोर्चाको अस्तित्व समाप्त पार्ने गरेर यादवले संघीय गठबन्धनलाई व्यूताएको महतोको आरोप छ ।

उता, महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले भने सोमबारदेखि रिले अनशनमा आफ्नो उपस्थिति जनाउन सुरू गरेको छ ।