१ कार्तिक २०८३, आइतबार

राष्ट्रसंघका महासचिव बान पाँचदिने भ्रमणमा चीन आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ban-ki-moon_United_nation

बेइजिङ (चीन), २० असार । संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुन पाँचदिने चीन भ्रमणका लागि आगामी बुधबार चीन आउनु हुने भएको चीनको विदेश मन्त्रालयले सोमबार जनाएको छ ।

राष्ट्रसङ्घ प्रमुख बान आगामी बुधबारदेखि आइतबारसम्मको चीन बसाइँका क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङ, प्रधानमन्त्री लि कचियाङ, स्टेट काउन्सिलर याङ जेइची र विदेशमन्त्री वाङ यीलगायतका उच्च पदस्थ चिनियाँ अधिकारीसँग भेट गर्नुहुने कार्यक्रम रहेको बताइएको छ ।

बानको भ्रमणका क्रममा चीनले राष्ट्रसङ्घसँगको सहकार्यलाई थप मजबुत पार्ने कूटनीतिक पहल हुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लीले दैनिक प्रेस ब्रिफिङका क्रममा बताउनुभयो ।

चीनमा रहँदा बानले आपाङ्गहरुको अधिकारका लागि संयुक्त राष्ट्रसङ्घ महासभाको १० औँ वार्षिकोत्सवका अबसरम गरिने उक बार्यक्रममा सहभागी हुने पनि कार्यक्रम रहेको छ ।

उहाँले बेइजिङस्थित चिनियाँ संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानको हेलिकोप्टर टुकडी र ९९९ आपतकालीन उद्धार केन्द्रको अवलोकन गर्नु हुनेछ ।

बान दक्षिण चीनको हाङजाओ र सुझाओ क्षेत्रमा पनि जाने कार्यक्रमसमेत रहेको छ । रासस/सिन्ह्वा