१ कार्तिक २०८३, आइतबार

भारतीय प्रधानमन्त्री मोदी चार अफ्रिकी राष्ट्रको भ्रमणमा जाने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BANGLADESH-INDIA-DIPLOMACY

नयाँ दिल्ली, १९ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी बिहीबारबाट चार वटा अफ्रिकी राष्ट्रको भ्रमण गर्न लाग्नुभएको छ । भारतीय सरकारी स्रोतले आइतबार सो जानकारी दिएको छ ।

उहाँले आगामी जुलाई ७ बाट सो भ्रमण सुरु गर्न लाग्नुभएको जनाइएको छ । मोदी अफ्रिकी राष्ट्र मोजाम्बिक, दक्षिण अफ्रिका र तान्जानिया र केन्याको भ्रमणमा जान लाग्नुभएको हो ।

यस भ्रमणको प्रमुख उद्देश्य भारत र अफ्रिकाबीचको सम्बन्धलाई अझै सुधार र बलियो बनाउने रहेको सो स्रोतले जानकारी दिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले पहिलो चरणमा मोजाम्बिकको भ्रमण गर्नुहुने र त्यहाँका राष्ट्रपति न्युसीसँग द्विपक्षीय वार्ता गर्नु हुने बताइएको छ ।

मोजाम्बिकपछि मोदी दक्षिण अफ्रिकातर्फ जानु हुने बताइएको छ । दक्षिण अफ्रिकामा मोदीले राष्ट्रपति जाकोब जुमा र त्यहाँका वरिष्ठ नेताहरुसँग वार्ता गर्नु हुने जनाइएको छ ।

प्रधानमन्त्री मोदी त्यसपछाडी जुलाई १० मा तान्जानिया पुग्नु हुने त्यहाँका राष्ट्रपति जोहन पोम्बे जोसेफसँग छलफलको कार्यक्रम रहेको छ ।

यस भ्रमणको अन्त्यमा उहाँले केन्याको भ्रमण गर्नु हुने कार्यक्रम रहेको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा