२ कार्तिक २०८३, सोमबार

संसदमा देउखुरीको कोइलाबास नाका खोल्न माग

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pravati DC Chaudhari Dangकाठमाडौं, १९ असार । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकको शून्य समयमा सांसदले संविधान जारी भएको नौ महिना ब्तििसक्दा पनि यसको कार्यान्वयनमा ध्यान नदिइएको भनी चिन्ता व्यक्त गरेका छन् ।

संविधान कार्यान्वयनमा दलबीचमा राष्ट्रिय सहमति कायम गर्न तथा सरकार बनाउने र गिराउने खेलमा नलाग्न आग्रह गर्दै उहाँहरूले देशका विभिन्न भागमा परेको अविरल वर्षात्का कारण उत्पन्न बाढीपहिरो पीडितको उद्धार र राहत वितरण गर्न सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

कांग्रेस सांसद चौधरीले दाङको देउखुरीस्थित कोइलाबास भन्सारलाई कार्यान्वयनमा ल्याउन माग गर्नुभयो । ‘दाङसँग सीमा जोडिएको भारतसँगको व्यापारिक नाका कोइलाबासलाई सञ्चालन गर्नुपर्छ’, सांसद डिसीले भन्नुभयो, ‘विशेष महत्व बोकेको कोइलाबास नाकाका विषयमा सरकारले प्रत्येक वर्ष बजेट छुट्टाए पनि कार्यान्वयन नहुँदा बजेट फ्रिज हुने गरेको छ ।’

शून्य समयमा सांसद तेजुलाल चौधरी, प्रकाशचन्द्र पौडेल, दीर्घराज मगर, दिलशोभा पुन, निशाकुमारी साह, प्यारेलाल राना र प्रेम सुवाल हुनुहुन्थ्यो ।