२ कार्तिक २०८३, सोमबार

रिलायबल बैंकको १० औं वार्षिक साधारण सभा सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Reliable-bank
फाइल तस्वीर

काठमाडौं, १९ असार । रिलायबल डेभलपमेन्ट बैंकले शुक्रबार दशौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष राधेश्याम अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७१–७२ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा पूँजी वृद्धिको लागि बोनस शेयर पश्चात १ः१ हकप्रद शेयर जारी गर्ने लगायत सम्पूर्ण सामान्य तथा विशेष प्रस्तावहरु पारित गरेको छ ।

यसका साथै बैंकले १९ प्रतिशत प्रोमोटर शेयरलाई साधारणमा परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने भएको छ ।

साधारण सभामा बोल्दै बैंकका सिइओ नारायण बाबु लोहनीले बैंकले आगामी दिनमा बैंकलाई अझ सबल बनाउदै लैजाने र आर्थिक वर्ष २०७२–७३ मा अझ बढी मुनाफा गर्नुका साथै शेयरधनीहरुलाई अझ बढी बोनस प्रदान गर्ने जनाउनुभयो ।

बैंकको सुक्रबार सम्मको निक्षेप ८१२ करोड र कर्जा लगानी ६५८ करोड रहेको साथै बैंकले असार मसान्त भित्र तनहुको डुम्रेमा शाखा सन्चालनमा ल्याउने समेत जनाएको छ ।

बैंकले सहायक संस्थाको रुपमा रिलायबल क्यापिटल समेत छिट्टै सन्चालन ल्याउनको लागि सबै तयारी भइरहेको जनाएको छ । बोनस पश्चात ७८ करोड चुक्ता पूंजी रहेको यस बैंकले अधिकृत पूंजी वृद्धि गरी ३ अरव पुर्याउने भएको छ ।