३१ आश्विन २०८३, शनिबार

अमेरिकालाई नयाँ तालिवानी नेताको चेतावनी, अन्तिम समयसम्म लड्ने घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

obama

काबुल, १९ असार । अफगानिस्तानमा सशस्त्र विद्रोही गरिरहेका तालिवानहरुका नेताले अमेरिकालाई आफ्नो ‘पेसा’ रोक्न आग्रह गरेका छन् ।

तालिवानका नयाँ नेता हैबतुल्लाह अखुन्जादाले आफू सो संगठनको नेता चयन भएपछि पहिलो पटक अमेरिकालाई सो सम्बोधन गरेका हुन् ।
उनले इदउल फितरको पूर्व सन्ध्यामा दिएको सन्देशमा भनेका छन्– अमेरिकाले अफगानिस्तानमा देखाएको पाखुराको बल तथा सैन्य बलको प्रयोगको कुनै प्रयोग छैन, त्यसलाई तुरुन्त रोकेहुन्छ ।

अमेरिका र उसको गठबन्धनका पश्चिमा देशहरुका लागि भन्दै उनले दिएको भिडियो सन्देशमा अफगान जनता यस्ता कुनै पनि विदेशी सैन्य शक्तिसँग नडराउने र उनीहरुका विरुद्धमा अन्तिम समयसम्म पनि लड्ने बताएका छन् ।

उनले हाल अफगानिस्तानको शान्ति प्रक्रियाका लागि अमेरिकी र विदेशी सेनाले दिएको सुरक्षाको कामलाई उनीहरुको पेशा भनी नामाकरण गरेका छन् ।

उनले अफगानिस्तानका नागरिक विदेशीसँग नडराउने तर सहिद बन्नुपरे पनि तयार रहेका छन् भन्दै बन्दुकले नागरिक मारेर अमेरिकीहरु सफल नहुने पनि दाबी गरेका छन् ।

उनले भनेका छन्- तिमीहरुले कुनै समूह वा संगठनसँगमात्र होइन कि सिगो अफगानिस्तानसँग नै लडाईं गरिरहेका छौ तर पनि जित्नेवाला भने छैनौँ ।

अफगानिस्तानको राजधानी काबुलमा कम्तीमा पनि ३२ जना प्रहरीको हत्या गरेको दुई दिनपछि उनको यो भनाई आएको छ ।

उनले यसअघि अफगानिस्तानको सरकारले गरेको शान्तिवार्ताको आग्रहका बारेमा भने केही बताएका छैनन् । साथै उनले शान्तिवार्ताका बारेमा आफ्नो भनाई पनि राखेका छ्रैनन् । रासस/एएफपी