न्युयोर्क (अमेरिका), १८ असार । अमेरिकका जनसंख्या बृद्धिदर १ प्रतिशतभन्दा कम रहेको नयां गणनाले देखाएको छ ।
सन् २०१५ मा अमेरिकाको कुल जनसंख्या ३२ करोड १४ लाख १८ हजार ८ सय २० रहेको जनगणनाको तथ्यांक उदृत गर्दै टाइम पत्रिकाले जनाएको छ । यो जनसंख्या अघिल्लो बर्षका तुलनामा १ प्रतिशत भन्दा कमले मात्र बढी छ ।
जनगणना अनुसार कयौं राज्यको जनसंख्या भने तल झरेको छ । उच्चदरले जनसख्ण घट्नेमा माइन, कनिटिकट, इलिनियोस, वेष्ट भर्जिनिया, पोचुरिको छन् । माइनको जनसंख्या शुल्क दशमलव ७ प्रतिशतले घटेर १३ लाख २९ हजारमा झरेको छ । यस्तै कनिटिकटको जनसंख्या शुन्य दशमलव ११ प्रतिशत अर्थात ३ हजार ८ सय ७६ ले घटेको छ । यस्तै इलिनियोसको जनसंख्यामा पनि शुल्य दशमलव १७ प्रतिशतले अर्थात २२ हजारले तल झरेको छ ।
वेष्ट भर्जिनियाको जनसंख्यामा शुन्य दशमलव २५ प्रतिशतले कमी आएको छ । यो राज्यको कुल जनसंख्या १८ लाख ४४ हजार १ सय २८ छ । सवैभन्दा वढी पोचुरिकोको जनसंख्यामा गिरावट आएको छ । त्यहांको जनसंख्यामा १ दशमलव ७०प्रतिशतले तल झरेको छ । त्यहां झण्डै ६० हजार मानिस घटेका छन् ।
यस वाहेक अमेरिकामा झण्डै १ करोड १० लाख गैरकानुनी रुपमा बस्दै आएको अुनमान छ ।
















प्रतिक्रिया