२० कार्तिक २०८३, शुक्रबार

यार्सा टिपेर फर्केका रावल मृत भेटिए

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, १७ असार । यार्सागुम्बा टिपेर घर फर्केका गज्र्याङ्कोट–२ जुम्लाका ३९ वर्षीय मुनबहादुर रावल मृत अवस्थामा भेटिएका छन् ।

गत जेठ १० गते रावल यार्सा टिप्न मुगुको पाटनतर्फ गएका थिए । उनी असार १० गते मुगुबाट घर फर्केका थिए । असार १२ गते म घर आउँछु, खाना पकाइराख्नु भनी घरमा परिवारलाई जानकारी दिएका उनी बिहीबार गोठीचौर–९ स्थित दुइया भिरको ५०० मिटर तल मृत अवस्थामा भेटिएको प्रहरी नायब निरीक्षक प्रेम रेग्मीले जानकारी दिनुभयो ।

यही असार १२ गते नै घर पुग्छु भनेका रावल घरमा नपुगेपछि स्थानीयवासीले खोजी गरेका थिए । उनलाई भेटाउन नसक्दा खोजीका लागि प्रहरीलाई गुहारेका थिए ।

सोही अनुसार खोजतलास गर्दा चार दिनपछि उनको लास भेटिएको प्रहरी नायब निरीक्षक रेग्मीले बताउनुभयो । शव कुहिएको र शवपरीक्षण गर्न नसकिने अवस्थामा रहेकाले बुधबार नै आफन्तलाई बुझाइएको उहाँले जनाउनुभयो । रासस