१९ कार्तिक २०८३, बिहिबार

बृहत्तर लुम्बिनी क्षेत्रको प्रचारमा प्रेस क्लब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Greater Lumbini news (4)लुम्बिनी, १६ असार । बृहत्तर लुम्बिनी क्षेत्रको प्रचार प्रसारमा लुम्बिनी प्रेस क्लब जुटेको छ । लुुम्बिनी, कपिलवस्तु, रामग्राम र देवदहको एकीकृत प्रचार प्रसारमार्फत बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रबर्द्धनमा जोड दिने ध्ययेले लुम्बिनी प्रेस क्लब लागेको हो ।

बृहत्तर लुम्बिनीको पर्यटन प्रबर्द्धनात्मक भ्रमणमार्फत पत्रकार, ट्राभल तथा होटल व्यवसायीको लागि लुम्बिनीमा क्लबको संयोजनमा एक दिने ओरियन्टेशन समेत सम्पन्न भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा भएको उक्त ओरियन्टेशन कार्यक्रममा बुद्धका विषयमा सबैलाई जानकारी गराउनुपर्ने सहभागीहरूले बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधले लुम्बिनीको विकासको लागि प्रोटेक्सन, प्रीजरभेसन र प्रोमशन गरी थ्री पी को अवधारणा तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड दिए ।

उपाध्यक्ष निग्रोधले अन्तराष्ट्रिय आस्थाको केन्द्र लुम्बिनीको वृहत्तर विकासको लागि राम्रो र सकारात्मक प्रचार प्रसारको जरुरत भएको समेत बताए । कार्यक्रममा सिद्धार्थ ट्राभल्स एण्ड टुर एजेन्ट (साट्टा) का अध्यक्ष सागर अधिकारीले बृहत्तर लुम्बिनी क्षेत्रको उपयुक्त र समयानुकुल विकासको लागि पर्यटन प्रोडक्टमा फीनिसींग जरुरी रहेको तर्क गरे ।

कार्यक्रममा दक्षिण एशिया पर्यटन पुर्वाधार विकास आयोजनाको प्रमुख रामचन्द्र सेढाइले बृहत्तर लुम्बिनी क्षेत्रको परिचय दिदैं यसको विकासको सम्भावना र चुनौतिको बारेमा प्रकाश पारेका थिए ।

सिद्धार्थ होटल एशोसियसन लुम्बिनी च्याप्टरका अध्यक्ष मिथुन श्रेष्ठ, लुम्बिनी पर्यटन व्यवसायी समितीका अध्यक्ष नरेन्द्र मिश्रा, साट्टाका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा लगायतको आतिथ्यता रहेको सो कार्यक्रममा पत्रकारहरु प्रख्यात बन्जाडे, सम्झना शर्मा, धिरज पौडेल, विन्दु चौहान, विरेन्द्र मिश्रा, प्रल्हाद यादव, प्रदीप आचार्य र पर्यटन व्यवसायी पिन्टु बानियाले बृहत्तर लुम्बिनी क्षेत्रको बारेमा प्रस्तुत भएको प्रस्तुतिमाथी टिप्पणी गरेका थिए ।

असार १५ र १६ गतेगरि दुइ दिन सम्म चल्ने उक्त कार्यक्रमको पहिलो दिन बृहत्तर लुम्बिनी क्षेत्रको बारेमा ओरियन्टेशन भएको हो । दोस्रो दिन सो क्षेत्रमा स्थलगत अध्ययन हुने आयोजक प्रेस क्लबले जनाएको छ ।

कार्यक्रममा नवलपरासी, कपिलवस्तु, रुपन्देहीका पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकार र पर्यटन व्यवसायीको सहभागीता रहेको छ भने लुम्बिनी विकास कोष दक्षिण एशिया पर्यटन पुर्वाधार विकास आयोजनाले उक्त कार्यक्रमलाई सहयोग गरेको छ ।