काठमाडौं, १५ असार । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता लालबाबु पण्डितले हलो जोतेर रोपाई गरेका छन् ।
अरु मन्त्रीहरुले गमलामा विउ रोपिरहेका बेला लालबाबु नुवाकोटको कविलास गाउँका खेतमा पुगेर असार १५ मनाएका हुन् ।
एमाले नुवाकोट–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको धान रोपाई कार्यक्रममा लालबाबुले खेतमा हलो जोत्नुका साथै रोपाइ समेत गरे । उनको साथमा पत्नी पनि रोप्दै थिइन् ।
होटलमा गमलामा विउ रोपेर असार १५ मनाइरहेका बेला लालबाबु भने किसानको खेतमै उत्रिएका हुन् ।














प्रतिक्रिया