नयाँदिल्ली, १५ असार । भारतले विज्ञान र टेक्नोलोजीको क्षेत्रमा धेरै प्रगति गरेको छ । तर, आफ्ना देशका प्रतिभाहरूको पालन, पोषण र उपयोग गर्ने विषयमा धेरै पछाडि मानिएको छ ।
विज्ञान र टेक्नोलोजीको क्षेत्रमा भूटान, बांगलादेश र श्रीलंका भारतभन्दा धेरै अगाडि देखिएका छन् । वर्ल्ड इकोनोमिक फोरमको पछिल्लो सूचीमा भारत १ सय ५औँ नम्बरमा छ । चीन ७१ नम्बरमा छ । फोरमको सूचीमा फिनल्याण्ड पहिलो स्थानमा रहेको छ । चीन भारतभन्दा ३४ स्थान अगाडि देखिएको छ ।
वर्ल्ड इकोनोमिक फोरमले यो सूची चीनको तियानझिन शहरमा भएको वार्षिक सम्मेलनमा सार्वजनिक गरेको थियो । यो सम्मेलनको थीम ‘न्यू च्याम्पियन’ राखिएको थियो । सम्मेलनलाई समर दावोस सम्मेलन पनि भन्ने गरिन्छ ।
१ सय ३० देशको सूचीमा पाकिस्तान भारतभन्दा धेरै तल रहेको छ । अर्थात पाकिस्तान १ सय १८ औँ नम्बरमा रहेको छ । फोरमले भनेको छ कि भारतसँग जति मानव पुँजी छ त्यसको ५८ प्रतिशत मात्रै प्रयोग गरेको छ । अघिल्लो वर्ष १ सय २४ देशमा भारत १००औँ नम्बरमा थियो ।
भारतमा युवा साक्षरताको दर ९० प्रतिशत रहेको दाबी गरिएको छ । तर भारतमा अहिले कामकाजी महिलाको संख्या पुरुषको भन्दा धेरै कम रहेको जनाइएको छ ।
भारतमा विज्ञान, प्रौद्योगिकी, इञ्जिनियरिङ् र गणित विषयमा डिग्रीधारीको संख्या करीब ७ दशमलव ८ करोड छ । जबकि चीनमा यसको संख्या करीब २५ लाख मात्रै रहेको जनाइएको छ । – एजेन्सी















प्रतिक्रिया