१ कार्तिक २०८३, आइतबार

अन्ततः टर्कीका राष्ट्रपतिले पुटिनसँग माफी मागे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

putin-turkis-president

मस्को, असार १५ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीसँगको व्यापारिक सम्बन्धलाई सामान्य बनाउने प्रक्रिया शुरु गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।

टर्कीले रसियाली युद्धक विमानलाई आफ्नो आकाशमा अतिक्रमण गरेको र बारम्बार सचेत गराउँदासमेत नहटेको भन्दै केही समयपहिले आक्रमण गरी खसालेपछि टर्की र रसियाबीच सन् २०१५ को नोभेम्बरदेखि चिसिएको थियो ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले रसियाली युद्धक विमान खसालेको घटना दुखद भएको भनी उक्त घटनामा मृत्यु भएका विमान चालकका परिवारसंग माफी माग्दै सोमबार रसियालाई पत्राचार गरेपछि राष्ट्रपति पुटिनले आफ्ना टर्कीका समकक्षी एर्डोगानसंग बुधबार फोनवार्ता गर्नुभएको छ ।

रसियाको प्रशासनिक केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार टर्कीका राष्ट्रपतिको विमान आक्रमणप्रति क्षमा याचनासहित पत्राचार गरेपछि रसियाली पक्षको पहलमा दुई राष्ट्रपतिबीच फोन वार्ता भएको हो ।

अङ्काराले मङ्लबार राष्ट्रपतिले घटनाप्रति दुःख व्यक्त गर्दै मृतक विमान चालकका परिवारसँग क्षमा याचना गरेको भएपनि विमान खसालेकोमा नै क्षमा याचना भने नगरिएकोे बताएको थियो ।

बुधबार टर्कीका समकक्षी एर्डाेगानसंगकोे कुराकानीपछि गएको नोभेम्बरपछि रसियाले टर्कीबाट ल्याउने खाद्यान्न सामग्री, उडान र प्याकेज टुरमा प्रतिबन्ध लगाइएकोमा यसलाई सामान्यकरण गर्दै टर्कीसंगको सम्बन्धलाई पूरानो तहमा पु¥याउन सरकारलाई आग्रह गर्नुभएको हो ।

यससँगै अव टर्कीमाथी प्रतिबन्ध लगाइएको नाकाबन्दी आवश्यक प्रक्रिया पूरा गरी छिट्टै खुल्ने सम्भावना बढेको छ ।

यसैबीच, रसियाली राष्ट्रपति पुटिन र उहाँका समकक्षी एर्डाेगानबीच आगामी सेप्टेम्बरमा चीनमा हुने जी–२० सम्मेलनका शीलशीलामा प्रत्यक्ष भेटवार्ता हुने सम्भावना रहेको टर्कीका एक अधिकारीले आफ्नो नाम उल्लेख नगर्नेशर्तमा बताउनुभयो । रासस/एएफपी