१९ कार्तिक २०८३, बिहिबार

‘राप्रपा सरकारको हैरान साझेदार’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati-Shamsher-Rana

भक्तपुर, १५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवम् वरिष्ठ नेता पशुपति शमशेर राणाले वर्तमान सरकारको कामदेखि राप्रपा खुसी नभएको बताउनुभएको छ ।

आज राप्रपा भक्तपुरले असार १५ राष्ट्रिय धान दिवसका अवसरमा नगरकोट नगरपालिकाको सुडालमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा भाग लिँदै उहाँले सरकारमा आफ्नो पार्टी ‘हैरान साझेदार’ भएको बताउनुभयो ।

राणाले भन्नुभयो – “वर्तमान सरकारमा राप्रपा सहभागी छ तर पनि सरकारको कामप्रति सन्तुष्ट छैन । राप्रपा वर्तमान सरकारको हैरान साझेदार भएको छ ।” सरकारले भूकम्पपीडितप्रति ध्यान दिन नसक्दा उनीहरुले गर्मी, जाडो र वर्षा छाप्रो भित्रै बिताउनु परेको चर्चा गर्दै उहाँले भूकम्पपीडितले अझै पनि रु ५० हजार अनुदान बाँड्न नसक्नु दुर्भाग्य भएको बताउनुभएको हो ।

सरकारले मधेसको समस्या हल नगरेसम्म कुनै पनि समस्या समाधान नहुने जिकिर गर्दै उहाँले मधेसलाई दुई प्रदेश बनाएर जानसके मधेस समस्या हल हुने दाबी गर्नुभयो । राष्ट्रिय सहमतिको सरकार गठन गर्न सके राम्रो हुने उहाँको धारणा थियो ।

त्यसैगरी, राष्ट्रिय धान दिवसका अवसरमा आजै नेपाली काँग्रेस भक्तपुरले आज छालिङमा रोपाइँ कार्यक्रमको आयोजना ग¥यो । काँग्रेस केन्दीय सदस्य एवम् सभासद् बद्री पाण्डेले छिट्टै राष्ट्रिय सहमतिको सरकार बन्ने र त्यसको नेतृत्व काँग्रेसले गर्ने बताउनुभयो ।

कार्यक्रममा काँग्रेस जिल्ला सभापति दुर्लभ थापालगायत नेता धान रोपाइँमा सहभागी हुनुभएको थियो । त्यसैगरी, काँग्रेस निकट महिला सङ्घले भक्तपुर नगरपालिकामा आयोजना गरेको रोपाइँ कार्यक्रममा सङ्घकी डिला सङ्ग्रौलालगायत महिला सङ्घका नेता तथा कार्यकर्ता सहभागी भए । रासस