१९ कार्तिक २०८३, बिहिबार

‘काँग्रेस र एमाले मिलेर अघि बढ्नुपर्छ’

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bijay-gachedar

काठमाडौँ, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएका राजनीतिक उतारचढावलाई सही बाटोमा ल्याउन पूर्व सांसदले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

पूर्व सांसद मञ्चको १५औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले भनुभवको खानीका रुपमा रहनुभएका पूर्व सांसदले संविधान निर्माणमा निर्वाह गरेको भूमिका, लोकतन्त्र तथा जनताको अधिकार स्थापना र देशलाई सम्बृद्धिको बाटोतर्फ अघि बढाउन पु¥याएको योगदान अतुलनीय छ भन्नुभयो ।

यस भेलाबाट देशलाई दिशानिर्देश हुने गरी विचार आउने अपेक्षा गर्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रिय हित र स्वाभिमानलाई अघि बढाउन ध्यान दिने तर नक्कली राष्ट्रवादभन्दा देशभक्ति र उन्नतितर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छेदारले २००७ सालदेखि विभिन्न समयमा राजनीतिक सङ्कट भोगेको मुलुकलाई सङ्कटबाट पार लगाउन नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर अघि बढ्नुपर्छ भन्नुभयो ।

संविधान जारी भएर पनि कार्यान्वयनमा ल्याउन नसकिएको अवस्थामा उहाँले केही असहमतिका बाबजुद पनि आफूहरुले संविधान संशोधनमार्फत अघि बढ्न मध्यमार्गीको भूमिका निर्वाह गरेको स्पष्ट पार्नुभयो ।

अर्का उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले राष्ट्र र जनतालाई केन्द्रमा राखेर अघि बढ्नु पर्ने बताउनुभयो ।

मञ्चका अध्यक्ष तारानाथ रानाभाटले राजनीतिक सङ्कटमा गुज्रिरहनुपरेको अवस्थामा भ्रष्टाचार, हत्या हिंसा र दण्डहिनता कायम रहँदा कसरी नयाँ नेपालको परिकल्पना गर्न सकिन्छ भन्नुभयो ।

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले संविधान ल्याउँदैमा सबै समस्या समाधान हुन्छ भन्ने भन्दा पनि दलित तथा आदिवासी जनजातिका हक अधिकारको संरक्षण र सङ्घीयता तथा नागरिकताका समस्या समाधान गर्न संविधानमा अझै संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

साधारणसभामा ७० वर्षमाथिका १३ पूर्व सांसदलाई सम्मान गर्नुका साथै मञ्चको बुलेटिन लोकार्पण गरिएको थियो ।

दुई दिनसमम चल्ने सो साधारणसभाले प्रस्तुत प्रतिवेदन पारित गर्ने, विधान संशोधन गर्ने र नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ । रासस