– सरु शर्मा
परासी, १५ असार । नवलपरासीको गैडाकोटमा एउटा बेवारिसे शव फेला परेको छ ।
गैडाकोट १२ भेडाबारी स्थित नारायणी नदी किनारमा आज बिहान करिव १० बजेको समयमा शव फेला परेको हो । नदी किनारमा शव देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
करिब १२, १३ बर्षको उमेरको जस्तो देखिने बेबारिसे शव फेला परेको र शव पुरै सडिसकेको अवस्थामा रहेकाले बालक बालबालिका भन्ने छुट्याउन नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय गैडाकोट बाट खटिएको टोलीले मुचुल्का उठाई पोष्टमार्टमका लागि स्थानीय अस्पतालमा लगेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया