१ कार्तिक २०८३, आइतबार

पुटिन र एर्डोगानबीच बुधबार फोन वार्ता हुने : क्रेमलिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

putinमस्को, १५ असार । टर्कीले रसियाली युद्धक विमानलाई आफ्नो आकाशमा अतिक्रमण गरेको र बारम्बार सचेत गराउँदासमेत नहटेको भन्दै केही समयपहिले आक्रमण गरी खसालेपछि टर्की र रसियाको सम्बन्धमा सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले माफी मागेपछि बुधबार रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना समकक्षी एर्डोगानलाई फोन गर्ने हुनुभएको छ ।

रसियाको प्रशासनिक केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार टर्कीका राष्ट्रपतिको विमान आक्रमणप्रति क्षमा याचनासहित पत्राचार गरेपछि रसियाली पक्षको पहलमा दुई राष्ट्रपतिबीच फोन वार्ता हुने भएको हो ।

विमान आक्रमणपछि चिसिएको सम्बन्ध सुधारमा एर्डोगानले विमान खसाल्नु गल्ती भएको भन्दै याचना गरेपछि सामान्य बन्ने सङ्केत मिलेको बताउँदै दुई देशबीचको सम्बन्ध छिट्टै सकारात्मक बन्नेमा पेस्कोभले बताउनुभयो ।

सन् २०१५ को नोभेम्बरमा युद्धक विमान खसालेपछि रसियाले टर्कीबाट खाद्यान्न सामग्री, उडान र प्याकेज टुरमा प्रतिबन्ध लगाइएको थियो ।

टर्कीका राष्ट्रपति एर्डोगानले घटनाप्रति दुःख व्यक्त गर्दै मृतक विमान चालकका परिवारसँग क्षमा याचना गरिएको भएपनि विमान खसालेकोमा नै क्षमा याचना भने नगरिएको अङ्काराले बताएको छ । एएफपी