काठमाडौं, १४ असार । भारतसहित विश्वका २३ राष्ट्रका नागरिकलाई दिँदै आएको अमेरिकी भिसा रोक्न शीर्ष नेताबाटै प्रस्ताव आएको छ ।
अमेरिकाका शीर्ष नेता एवं विपक्षी दल रिपब्लिकनका सीनेटर चक ग्रसले भारतसहित विश्वका २३ मुलुकका नागरिकहरुलाई अमेरिकाले दिने गरिएको आप्रवासी र गैरआप्रवासी भिसा दिने काम रोक्न माग गरेका हुन् ।
उनले यसविषयमा राष्ट्रपति बराक ओबामाको प्रशासनलाई एक पत्र समेत पठाएका छन् । गृह सुरक्षामन्त्री जे जनसनलाई पठाएको पत्रमा उनले अमेरिकामा अवैध आप्रवासीहरु समेत भित्रिएको दाबी गर्दै यसले अमेरिकालाई फाइदा नपुग्ने उल्लेख गरेका छन् । यी मुलुकहरु आफैमा हठी भएका कारण त्यहाँका नागरिकलाई आप्रवासी भिसा दिन नहुने उनको धारणा छ ।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारमा सीनेटर चक ग्रसले विश्वका २३ मुलुकमध्ये पाँच शीर्ष घमण्डी मुलुकमा भारत, क्युबा, चीन, सोमलिया र घाना रहेको बताउँदै उनीहरुका नागरिकलाई तत्काल रोक्नुपर्ने माग ओबामा प्रशासनसँग राखेको उल्लेख छ ।
















प्रतिक्रिया