काठमाडौँ, १४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र मुलुकको आर्थिक समृद्धिका लागि संविधान कार्यान्वयनमा एक हुन दलहरूलाई आह्वान गर्नुभएको छ ।
मदन भण्डारी फाउण्डेसनले आज यहाँ आयोजना गरेको राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकमा लोकतान्त्रिक रुपान्तरण, दिगो शान्ति र आर्थिक समृद्धिका लागि संविधान कार्यान्वयन आवश्यक भएकाले त्यसका लागि दलहरु एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले समाजको शान्तिपूर्ण र लोकतान्त्रिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उहाँले बताउनुभयो । रासस













प्रतिक्रिया