१९ कार्तिक २०८३, बिहिबार

काठमाडौंमा नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-usa-armyकाठमाडौं, १३ असार । नेपाली सेना र अमेरिकी सेनाबीच आजदेखि संयुक्त तालिम सुरु भएको छ ।

सोमबार नेपाली सेनाको विशेष तालिम प्राप्त छाउनीस्थित श्री महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको ओडीए १२३३ सी कम्पनी दोस्रो बटालियन फर्स्ट स्पेशल फोर्सेस ग्रुप एयरबोनबीच छाउनीमा ब्यालेन्स नाली १६–३०१४ तालिम विभिन्न चरणहरुमा पुरा हुने गरी सुरु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

श्री महावीर गण (रेञ्जर) हेडक्वार्टर, छाउनी र श्री उच्च शिखर शिक्षालय, जोमसोम-कैसाङ्ग ईलाकामा करिब एक महिनासम्म संचालन हुने उक्त विभिन्न बिषयहरु समावेश गरिएको छ ।

यस प्रकारको संयुक्त तालिम नेपाली सेना र अमेरिकी सेनाको स्पेशल फोर्सबीच विगत लामो समयदेखि संचालन हुंदै आईरहेको सेनाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त तालिमका अमेरिकी सेनाको टोली असार ११ गते आवश्यक तालिम सामाग्रीसहित नेपाल आईपुगेको थियो ।

दुई देश बीचका सैनिकहरु सहभागी भई संचालन हुने यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक संगठनहरुसंग सहकार्य गरी सैनिक कारवाही संचालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जानेछ ।

साथै, यस किसिमको संयुक्त तालिम–अभ्यासबाट दुई देशका सेनाको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।