१ कार्तिक २०८३, आइतबार

चीनमा बस विस्फोट, कम्तीमा ३० जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CHINA-HUNAN-PASSENGER BUS-FIRE (CN)

चाङ्गसा (चीन), १२ असार । चीनको हुनान प्रान्तमा आइतबार बिहान एक यात्रामा गइरेहको बस विस्फोट भई आगलागी हुदाँ कम्तीमा ३० व्यक्तिको मृत्युभएको छ ।

स्थानीय अधिकारीले सो घटनाको पुष्टि गरेका छन् । आइतबार विहान १०ः२० मा भएको यस घटनाको समयमा सो बस ५६ जना यात्रु सवार रहेका जनाइएको छ ।

बस आगलागिको कारण तेल चुहावट हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनामा घाइते भएका २१ व्यक्तिलाई उचारार्थ अस्पताल लगिएको बताइएको छ । उद्धारकार्य अझै पनि जारी रहेको बताइएको छ । रासस/सिन्ह्वा