काठमाडौं, ११ असार । भारत र पाकिस्तानबीच छुट्टिदादेखि सम्बन्ध राम्रो छैन् ।
यसैबीचमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धको सुधारको प्रयत्न गरिरहेका बेला दुई देशका सेना एकआपसमा भिडेका छन् ।
भारतीय सञ्चारमाध्यमका भारतीय सेनासँग पाकिस्तानी सेना भिडेको हो । भारत–पाकिस्तान सीमामा हरेक दिन हुने बीटिंग रिट्रीट कार्यक्रमका क्रममा दुई देशका सेनाबीच झडप भएको हो ।
यो घटना पञ्जाबको फिरोजपुर जिल्लास्थित हुसैनवाला सीमारेखाको हो । दुबै देशका सैनिक परम्पराअनुसार साँझ परेपछि आ–आफ्नो राष्ट्रिय ध्वज (झण्डा) हटाउँछन् । यसैक्रममा रिट्रीट परेड हुन्छ ।

भर्खरै सार्वजनिक दुई देशका सेना भिडेको भिडियोमा भारत र पाकिस्तानका दुई सैनिक साँझ भएपछि झण्डा उतारिसकेपछि त्यसलाई हातमै समातेर एकआपसमा भिडेको देखिएको छ । दुबैबीच आपसमा झडप भयो र एक अर्कालाई मुक्का हाने । झडप भएपछि त्यहाँ रहेका अन्य सैनिकलाई छुट्याउनै धौ धौ पर्यो ।
त्यसपछि त्यहाँ रहेका अन्य सैनिकहरु बीचमा आएर बल्त तल्ल झगडा छुटाए ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुई देशको सम्बन्ध विग्रिएका कारण भारतीय र पाकिस्तानी सेनाबीच बेला बेला झडप हुनेगरेको छ ।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया