३१ आश्विन २०८३, शनिबार

मलेसियाको समुद्रमा अलपत्र बाइसको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pani jahajक्वालालम्पुर (मलेसिया), ११ असार । मलेसियाको सुरक्षा अधिकारीले यहाँको सवाह राज्यमा समुद्रमा अलपत्र अवस्थामा रहेका २२ जना पर्यटकलाई सकुशल उद्धार गरेका छन् ।

बाइस जना पर्यटक लिएर समुद्रमा यात्रा गरिरहेको डुङ्गा (क्याटामरन) खराब मौसमका कारण टुट्न पुगेपछि सामुद्रिक पानीमा अलपत्र परेका उनीहरुको उद्धार गरिएको हो ।

सबैजना खतरामुक्त भए पनि उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

कोटा किनावालुस्थित सुरक्षा अधिकारीले यात्रारत १२ जना चिनियाँ पर्यटक रहेको बताएका छन् । – एएफपी