वासिङटन (संयुक्त राज्य अमेरिक), १० जेठ । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपतिका आकाँक्षी तथा हिलारी क्लिन्टनका प्रतिस्पर्धी बर्नी स्यान्डर्सले नोभेम्बरमा हुने राष्ट्रपतिको प्राइमरी निर्वाचनमा क्लिन्टनलाई मतदान गर्ने शुक्रबार बताउनुभएको छ ।
स्यान्डर्सले आफ्नो राष्ट्रपतीय निर्वाचन अभियानमा प्रतिस्पर्धी क्लिन्टनप्रति देखिएको लहरप्रति समर्थन जनाउँदै यस्तो प्रतिबद्धता देखाउनुभएको हो ।
अमेरिकी एक टेलिभिजन च्यानल एमएसएनबीसीले के अब उहाँ क्लिन्टनलाई समर्थन गर्नुहुन्छ भनी सोधेको प्रश्नमा भर्मन्टबाट प्रतिनिधित्व गर्नु हुने सिनेटर स्यान्डर्सले छोटकरीमा भन्नुभयो, पक्कै पनि ।
एक खर्बपति व्यवसायी डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा हराउनु उचित हुने मैले सोचेको छु । रासस/एएफपी
















प्रतिक्रिया