३१ आश्विन २०८३, शनिबार

बेलायतले ईयु छाड्दा भारतलाई बढी असर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cameron-Modiकाठमाडौं, १० असार । युरोपीय संघ (ईयु)बाट बेलायत अलग हुने फैसलासँगै भारतलाई बढी असर परेको छ ।

बीबीसी हिन्दीका अनुसार ईयु छाड्ने बेलायती जनताको निर्णयले भारतमा चिन्ता बढेको छ । खासगरी रोजगारका लागि युरोप जाने भारतीय यसको प्रत्यक्ष मारमा परेका छन् ।

भारतका विभिन्न राज्यबाट मानिसहरु रोजगारीका लागि युरोप र विशेषगरी बेलायत जाँदै आएका थिए ।

बेलायतले ईयु छाड्दा धेरै भारतीयहरुले जागिर छाड्नुपर्ने बाध्यता आइलागेको छ । अब युरोपीय संघबाट रोजगारका लागि बेलायत जानेहरुले त्यो अधिकार गुमाएका छन् ।

यद्यपी ठोस कानून बन्न बाँकी छ । जनमत संग्रहपछि आज ईयु छाड्ने फैसला मात्रै भएको हो ।

यो फैसलापछि प्रधानमन्त्री डेभिड क्यामरुनले आउँदो अक्टोबर महिनामा राजीनामा दिने घोषणा गरिसकेका छन् ।

व्यापारमा पनि सीधा असर

यसैगरी भारतीय व्यापारमा पनि यसको सीधा असर पर्ने भएको छ । भारतको ब्रिटेन र युरोपियन युनियन दुवैंसंग कारोबारको सम्बन्ध छ । अब त्यो सम्बन्धमा असर पर्नेछ ।

भारतका वित्त सचिव अशोक लवासाले यस निर्णयपछि सरकार र रिजर्व बैंक अफ इन्डिया उपाय खोज्न लागिसकेको बताएका छन् ।