३१ आश्विन २०८३, शनिबार

बेलायती प्रधानमन्त्री डेभिड क्यारुनद्धारा राजीनामाको घोषणा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

david_cameron

काठमाडौं, १० असार । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले पदबाट राजीनामाको घोषणा गरेका छन् ।

ऐतिहासिक जनमत संग्रहबाट ब्रिटेन युरोपेली संघ (ईयु)बाट बाहिरिने पक्षमा बहुमत आएपछि क्यामरुनले अक्टोबरमा पद छाड्ने घोषणा गरेका हुन् ।

जनमतसंग्रहको परिणामपछि शुक्रबार विहान देशबासीका नाममा सम्बोधन गर्दै क्यामरुनले आउँदो अक्टोबरसम्ममा पदबाट राजीनामा दिने घोषणा गरे । उनले जनमत संग्रहको परिणामलाई स्वीकार गर्ने बताए ।

तर, क्यामरुन बेलायत ईयुमै रहनुपर्छ भन्ने पक्षमा थिए । ब्रिटेनका मतदाताले यूरोपेली संघ छाड्ने पक्षमा बहुमत दिएपछि र्इयुमै रहनुपर्ने पक्षधरका नेता प्रधानमन्त्री क्यामरनले पद त्याग गर्ने घोषणा गरेका हुन् ।

उनी २०१० देखि प्रधानमन्त्री थिए र २०१५ मा दोस्रो कार्यकालका लागि चुनिएका थिए ।