३१ आश्विन २०८३, शनिबार

चीनसहित विश्वका ६ शक्तिशाली राष्ट्रद्धारा भारतको प्रस्ताव अस्वीकार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra-modi-sad-look

काठमाडौं, ९ असार । भारतले न्यूक्लियर सप्लायर ग्रुप (एनएसजी)को सदस्यता पाउनका लागि गरेको प्रस्तावलाई चीनसहित विश्वका ६ शक्तिशाली राष्ट्रले अस्वीकार गरिदिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार विश्वका ६ देशले प्रस्ताव अस्वीकार गरेपछि एनएसजीमा भारतलाई ठूलो झड्का लागेको छ ।

भारतको प्रस्ताव अस्वीकार गर्नेमा ब्राजील, अस्ट्रिया, न्यूजील्याण्ड, टर्की र आयरल्याण्ड रहेका छन् ।

nsgg

चीनले यसअघि देखि नै भारतको विरोध गरिरहेको छ । चीनकै कारण भारतले सदस्यता पाउन नसकिरहेको बेला थप पाँच देशले पनि मान्न तयार नभएपछि भारत अप्ठेरोमा परेको हो ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा गएर राष्ट्रपति बराक ओबामा समक्ष सदस्यता दिलाउनमा सहयोग मागेका थिए । ओबामाले सक्दो सहयोग गर्ने आश्वासन दिएपनि आज पाँच देशले उठाएको कदमले मोदीको सपना चकनाचुर भएको छ ।

(भारतीय सञ्चारमाध्यमको सहयोगमा)