३१ आश्विन २०८३, शनिबार

कोलम्बिया सरकार र विद्रोही युद्धबिराम नजिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

colombia_farc-rebels-march-in-la-macarenapreviewहवाना, ९ असार । कोलम्बिया सरकार र करिब आधा शताव्दीदेखि द्वन्द्वरत फार्क गुरिल्ला समूहबीच युद्धबिराम हुने बलियो सङ्केत देखिएको फार्क प्रतिनिधिले बुधबार बताएका छन् ।

सरकार र लामो समयदेखि जनअधिकार प्राप्तिका लागि लड्दै आएको फार्क गुरिल्ला समूहबीच युद्धबिराम र स्थायी शान्तिका लागि गरिएको वार्ता करिब सकारात्मक रहेको फार्क मध्यस्थकर्ता पास्टर अल्यापले बताउनुभयो ।

युद्धबिरामका लागि सम्झौता झन्डै निष्कर्षमा पुगेको भए पनि एक बुँदामा छलफल जारी रहेकाले छिट्टै निकास निस्कने अल्यापले बताउनुभयो ।

सम्भवत जनु २३ अर्थात् बिहीबार युद्धको अन्तिम दिन घोषणा गर्ने ऐतिहासिक सफलता पाउने छौँ, अर्का मध्यस्थकर्ता कार्लोस लोजाडाले बुधबार ट्वीट गर्नुभएको छ । – एएफपी