३१ आश्विन २०८३, शनिबार

सडक दुर्घटनमा आठ विद्यार्थीको मृत्यु, एघार घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

LEAD Technologies Inc. V1.01
LEAD Technologies Inc. V1.01

नयाँ दिल्ली (भारत), ८ असार । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा एउटा उच्च गतिमा गुडेको बसले रोकीरहेकोे भ्यानलाई ठक्कर दिँदा मङ्गलबार आठ विद्यार्थीको मृत्यु भएको स्थानीय सुरक्षा अधिकारीले बताएका छन् ।

कर्नाटकको उदुपी इलाकाको त्रासी गाउँमा साना बालबालिका लिएर विद्यालय नजिकै आई रोकिएको भ्यानलाई ठक्कर दिएपछि भ्यानमा रहेका ११ विद्यार्थीको ज्यान गएको तथा शिक्षकसमेत केही विद्यार्थी घाइते भएको अधिकारीले बताएका छन् ।

बसमा १३ वर्षमुनिका १७ बालबालिका र एक जना शिक्षक रहेको बताइएको छ ।

घाइतेमध्ये एक विद्यार्थीको स्वास्थ्यस्थिति गम्भीर रहेको उल्लेख गरिएको छ । –सिन्ह्वा