३१ आश्विन २०८३, शनिबार

क्रोयसियाको संसद विघटनका पक्षमा मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

crosiyaजाग्रिब (क्रोयसिया), ७ असार । क्रोयसियाका विधायकद्वारा आगामी जुलाई १५ देखि लागू हुने गरी संसद विघटन गर्न र मध्य सेप्टेम्बरमा संसदीय निर्वाचन गर्ने पक्षमा मतदान गरेका छन् ।

वर्तमान प्रधानमन्त्री तिहामिर ओरेस्कोभिकले गतहप्ता संसदबाट विश्वासको मत लिन असफल भएपछि नयाँ निर्वाचन गर्नका लागि बाटो खुला गर्नका लागि भएको निर्वाचनमा १५१ सिट भएको संसदमा १३७ जनाले सोमबार विघटनको पक्षमा मतदान गरेका हुन् ।

जुलाई १५ मा संसदको विघटन भई यसको ६० दिनभित्र अर्को निर्वाचन गर्न बहुमत विधायकद्वारा सहमति दिएको मतदान नतिजा घोषणापछि सभामुख जेलीको रेनरले बताउनुभयो ।

कुनै दलसँग आवद्धता नराखीकनै क्रोयसयाको प्रधानमन्त्री बनेका ओरेस्कोभिकले सत्ता सम्हालेको पाँच महिनामा नै संसदमा विश्वासको मत लिन असफल भएपछि निर्वाचन गर्ने वा नगर्ने विषयमा संसदमा नै मतदान भएको थियो ।

सरकारमा प्रमुख गठबन्धन शक्ति एचडीजेडले प्रधानमन्त्री ओरेस्कोभिकविरद्ध दायर गरेको अविश्वासको मतका लागि गरेको प्रस्तावमाथि मतदान हुँदा उहाँले आवश्यक बहुमत ल्याउन नसकेपछि क्रोयसियाली संसद विघटन वा यसै संसदलाई नयाँ नेतृत्व दिई अगाडि बढाउने विषयमा मतदान भएको हो ।

गठबन्धन दलका प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि पूर्व प्रतिबद्धताअनुसार काम गर्नुको सट्टा बढी महत्वाकाँक्षी भएर सत्ता शक्तिको अभ्यास गर्न लागेको भन्दै एचडीजेडले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । –एएफपी