
काठमाडौ, ७ असार । एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानविन बढाएपछि बिभिन्न एयर लाइन कम्पनीमा कार्यरत पाइलटहरुले धमाधम राजीनामा दिन थालेका छन ।
दुई महिनामा २२ जनाले राजीनामा दिएका छन । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले गोमा एयरका को–पाइलट बिशाल कार्कीलाई पक्राउ गरेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
आइएस्सी फेल भएपछि उनले अमृतसाइन्स क्यापसबाट नक्कली सर्टिफिकेट बनाएर पाइलट पढेका थिए ।
कार्की पक्राउपछि अन्य पाइलटहरूले पनि धमाधम राजीनामा दिन थालेको सिआबीका निर्देशनक डिइजी नवराज सिलबालले बताए ।















प्रतिक्रिया