३१ आश्विन २०८३, शनिबार

अन्ततः चीनका कारण भारतका सबै प्रयास असफल, मोदीको सपना चकनाचुर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-xi

काठमाडौं, ६ असार । न्यूक्लियर सप्लायर ग्रुप (एनएसजी)को सदस्यता पाउनका लागि भारतले चीनको समर्थन पाउन गरेको सबै प्रयास विफल भएको छ ।

सोमबार चीनले ४८ देशहरुको यो ग्रुपको यसैहप्ता बस्ने बैठकमा भारतको कुनै एजेण्डा समावेश नहुने प्रष्ट पारेको छ ।

चीनको विदेश मन्त्रालयले दक्षिण कोरियाको राजधानी सोलमा यसै हप्ता अयोजित एनएसजी बैठकको एजेण्डामा भारतलाई एनएसजीको सदस्यता दिने मुद्दा समावेश नहुने जनाएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता होवा चुनिइंगले जुन २४ मा सोलमा हुने एनएसजी बैठकको एजेण्डामा भारतलाई यो ४८ सदस्यीय समूहमा समावेश गर्ने कुनै मुद्दा नरहेको जानकारी दिएकी छिन् ।

चीनको यो भनाईपछि भारतीय विदेशमन्त्री सुष्मा स्वाराजले चिन्ता व्यक्त गरेकी छिन् भने नरेन्द्र मोदीको सपना तुहिएको छ ।

चीनले न्यूक्लियर नन–प्रोलिफिरेशन ट्रीटी (एनपीटी)मा हस्ताक्षर नगरेसम्म कुनै पनि देशलाई एनएसजी समूहको सदस्यता दिन नसकिने अडान राख्दै आएको छ । जसका कारण भारतले सदस्यता पाउन सकिरहेको छैन् ।

चीनले समर्थन गरेमात्रै भारतले सदस्यता पाउनुपर्छ त्यसका लागि (एनपीटी)मा हस्ताक्षर जरुरी छ ।

एनएसजीको गठन १९७४ मा भएको थियो । यसको उद्देश्य विश्वमा परमाणु हतियारहरुको प्रसार रोक्नु हो ।

(भारतीय सञ्चारमाध्यमको सहयोगमा)