
काठमाडौं, ६ असार । लाखौं मूल्यको सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कतार एयरलाइन्सको उडान नम्वर क्यूआर ६५२ द्धारा दोहाबाट काठमाडौं आएका काठमाडौं स्यूचाटार वस्ने सुमन गौतमलाई अवैध रुपमा ल्याएको १६ लाख ९९ सय हजार ४ सय ५५ रुपैयाँ मुल्य वरावरको ३ सय ४९ ग्राम सुनसहित सोमवार प्रहरीले पक्राउ गरेको हो ।
अन्तर्राष्ट्रिय विमानस्थलको आगमन प्रिपेड ट्याक्सी काउन्टर अगाडि प्रहरीले उनलाई चेकजाँच गर्दा दाहिने खुट्टाको जुत्ताभित्र मोजामा समेत लुकाई राखेको ३ टुक्रामा रहेको उक्त सुन वरामद भएको हो ।
प्रहरीले गौतमलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सिनामंगल पठाएको छ ।












प्रतिक्रिया