१९ कार्तिक २०८३, बिहिबार

समृद्धको नयाँ नेपालको नेतृत्वको युवा संघले गर्नेः अध्यक्ष पहारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajib-Pahari

काठमाडौं, ६ असार । युवा संघ नेपाल विकास तथा समृद्धि बिभागले राष्ट्रिय गौरवका आयोजनाहरुको बर्तमान अवस्था बिषयक अन्तरक्रिया राजधानीमा राखेको छ ।

उपप्रधान तथा रक्षामन्त्री भीम रावलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अन्तरक्रियामा युवा संघका अध्यक्ष राजिब पहारी, राष्ट्रिय योजना आयोगका सदस्य सुमित्रा अमात्य, हुलाकी राजमार्गका प्रमुख बलराम मिश्र, बुढीगण्डकी परियोजना प्रमुख गोपाल बस्नेत, मेलम्ची खानेपानी प्रमुख घनश्याम भट्टराई, तथा पुष्पलाल लोकमार्गका कार्यकारी प्रमुखले विभिन्न कार्यपत्र पेश गर्नु भएको थियो ।

युवाहरुको बृहत उपस्थिति रहेको कार्यक्रममा अब नेपालको बिकासका निमित्त पब्लिक प्राइभेट पार्टनरशिप विकास मोडल अपनाउदै कोरियामा सफलता प्राप्त गरिरहेको जनताको शेयरमा उद्योग संचालन गर्ने नीति अबलम्बन गरि अपनत्वको बिकास गराउने नीति नेपालमा लागु गर्नुपर्ने युवा संघ अध्यक्ष राजिब पहारीले बताउनु भयो ।

उहाँले अब आर्थिक बिकासको अभियानलाई अगाडी बढाउन स्वदेशमा सीपको यथोचित बिकास गरिनुपर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो- ‘अधिकार प्राप्तिको लडाइँ सकियो, अब देश विकास गरी समृद्ध बनाउने अभियान सुरु भयो । यसमा युवा संघ नेपालले नेतृत्व लिन्छ ।’

विकास निर्माणमा भैरहेको ढिला सुस्तीलाई उहाँले कछुवाको गतिमा म्याराथुनमा भाग लिनु जस्तै भएको बताउँदै अन्तर निकायको समन्वयको कमी, स्थानिय अबरोध, ठेकेदारको लापरवाही तथा प्रशासनिक ढिलासुस्तीले राष्ट्रिय गौरवका आयोजनाहरुमा समस्या देखिएको उहाँको भनाई थियो ।

अन्तक्र्रियामा उहाँले सम्पूर्ण आयोजनाहरुको बिषयमा बृहत कार्यपत्र पेश गर्नु भएको थियो । त्यस्तै ठूला आयोजनामा साधारणतर्फ भएको फजुल खर्च र विलासितामा भएको खर्चलाई घटाएर काममा आवश्यक रकम खर्च गर्ने बानीको बिकास गर्न अध्यक्ष पहारीले सुझाव समेत दिनुभयो ।

कार्यक्रममा युवासंघ केन्द्रिय सदस्य बालिका खड्काले स्वागत मन्तब्य राख्नु भएको थियो भने अशोक चौलागाईले सभापतित्व गर्नु भएको थियो ।