काठमाडौं, ६ असार । नेपाल भ्रमणमा रहनुभएका स्विडेनका सांसद केन्ट आस्टेडले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटवार्तामा उहाँहरुबीच द्धिपक्षीय हितका साथै नेपालको विकासमा स्विडेनले गरिरहेको सहयोगलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
त्यस अवसरमा प्रधानमन्त्रीले नेपालको गरिबी निवारणमा र भूकम्पछिको पुनर्निर्माणमा स्विडेनले पुर्याउनसक्ने सहयोगकाबारेमा स्विडेनका सांसद केन्टलाई जानकारी गराउनु भयो ।
सांसद केन्टले स्वीडेनका विदेशमन्त्री ईसाबेला लोबिनले नेपालमा भूकम्प गएको एक वर्ष पुगेको बेला आफु नेपाल आउँदा प्रधानमन्त्रीले दिनुभएको भेटको स्मरण गर्दै लेख्नुभएको धन्यबाद पत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।













प्रतिक्रिया