१९ कार्तिक २०८३, बिहिबार

छुवाछूत अन्त्यको माग गर्दै जिप्रका पुग्यो विप्लव माओवादी

8.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biplov

काठमाडौँ, ६ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले राजधानी काठमाडौँलगायत मुलुकभरि व्याप्त जातीय भेदभाव तथा छुवाछूतका घटनाको अन्त्य गरिनुपर्ने माग गर्दै आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र प्रस्तुत गरेको छ ।

देशलाई छुवाछूत मुक्त राष्ट्र घोषणा गर्नुका साथै जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ जारी भएको लामो समयसम्म पनि राजधानी काठमाडौँमा नै दलित समुदायले छुवाछूतको पीडा भोग्नुपरेकाले त्यसको अन्त्य गरिनु पर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

सो पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल काठमाडौँ जिल्ला समितिले प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीमार्फत प्रधानमन्त्रीसमक्ष पु¥याउने गरी २७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो । राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्नेसमेत माग गरिएको छ ।

‘नागरिकताबाट वञ्चित (विशेष गरी तराई÷मधेसी दलित)लाई विशेष व्यवस्थामार्फत नागरिकताको व्यवस्था गरियोस् र दलित समुदायका परम्परागत पेसासँग सम्बन्धित उद्योग व्यवसायमा उनीहरूलाई अग्राधिकार प्रदान गरिनुका साथै दलित समुदायद्वारा सञ्चालित उद्योगलाई सहुलियत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराइयोस्’ – ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्र बुझाउँदै मोर्चाका काठमाडौँ जिल्ला अध्यक्ष हरि नेपालीले युगौँदेखि उत्पीडनमा पारिएका भूमिहीन एवम् सुकुम्बासी दलित समुदायलाई व्यावहारिक रूपमा जमिनको व्यवस्था गरिनुपर्ने माग गर्नुभयो ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी सुवेदीले मोर्चाले प्रस्तुत गरेका मागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउने बताउनुभयो । मोर्चाले विभिन्न २७ बुँदे माग राखेर आज ७५ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । रासस