१९ कार्तिक २०८३, बिहिबार

कालीगण्डकी नदीमा डुबेर महिला बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kaligandakiपर्वत, ३ असार । पर्वत जिल्लाको कुश्मा नगरपालिका–२ स्थित सहस्रधाराबाट कालीगण्डकी नदीमा डुबेर एक महिला बेपत्ता भएकी छिन् ।

कुश्मा नगरपालिका–२ सहस्रधारा बस्ने २७ वर्षीया भगवती क्षेत्री बिहीबार साँझ कालीगण्डकी नदीमा डुब्दा बेपत्ता भएकी हुन् । नदी किनारमा हातमुख धुनका लागि गएकी उनी एक्कासि नदीमा डुबेकी हुन् ।

नदीमा डुबेर बेपत्ता भएकी क्षेत्रीको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

उनको सहस्रधारादेखि मिर्मीसम्म खोजी गरिएको र अहिलेसम्म कुनै अवस्था पनि पत्ता नलागेको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनको मानसिक सन्तुलन ठीक नभएको पनि बताइएको छ । रासस