१९ कार्तिक २०८३, बिहिबार

कक्षा १२ सम्मका विद्यार्थीले राजनीति नगरौंः नेता महर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nainsing-maharकाठमाडौं, २ असार । सरकारले नयाँ शिक्षा व्यवस्था लागू गरेसँगै प्रभावशाली विद्यार्थी नेता नैनसिंह महरले अब कक्षा १२ सम्मका विद्यार्थीले राजनीतिक संघ संगठन गर्न नपाउने प्रतिवद्धता गर्न आग्रह गरेका छन् ।

नेविसंघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका प्रमुख दावेदारसमेत रहेका महरले फेसबुकमा पोस्ट गर्दै भनेका छन, ‘अब १ देखि ८ प्रावि तह र ९ देखि १२ माध्यमिक तहको शिक्षा हुने भएपछि मावि तहसम्म विद्यार्थी संग संगठनले संगठित रुपमा राजनीति गर्न नपाउने प्रतिबद्धता गर्न सबै विद्यार्थी संगठनलाई अनुरोध गर्दछु ।’

यसअघि पनि महरले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिनुपर्ने ऐजेन्डा प्रमुख रुपमा उठाउँदै आएका थिए । उनको यो ऐजेन्डा सरकारले वजेटमार्फत सम्बोधन गरे पनि यसलाई सर्वसुलभ रुपमा लागू गरिनुपर्ने दबाबमा उनी लागि परेका छन् ।

कक्षा १२ सम्म राजनीतिक संगठन गर्ने कार्य बन्द गरिएमा शिक्षालयमा हुने राजनीति आफै निस्तेज भएर जाने तर्क महरको छ । उनले अगाडि लेखेका छन्, ‘जुन विद्यालयमा विद्यार्थी राजनीति नै हुँदैन त्यहाँको शिक्षकले कुन बहानामा राजनीति गर्ने ? यसले शिक्षामा हुने राजनीतिलाई नियन्त्रण गर्न मद्दत गर्छ ।’

महरले कक्षा १२ सम्म माध्यमिक तह मान्ने नीतिको समर्थन गर्दै भने, ‘कक्षा १२ सम्मको विद्यार्थीको कलिलो मानसिकतामा राजनीतिक प्रभाव नपार्न त्यहाँ संघ संगठनहरुले पनि राजनीतिक संगठन नबनाउने प्रतिवद्धता गर्नुपर्छ, अनि मात्रै शिक्षामा सुधार हुन्छ ।’