३१ आश्विन २०८३, शनिबार

चिनियाँ सेनाले भारत घुसेर गर्यो भारतीय सेनामाथि हातपात

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chinese_army_in_india_border

काठमाडौं, २ असार । चिनियाँ सेनाले भारतको अरुणाञ्चल प्रदेश स्थित यांग्त्से इलाकामा घुसेर भारतीय सेनामाथि हातपात गरेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार चीनको पीपुल्स लिबरेशन आर्मी (पीएलए)का जवानहरुले यांग्त्से इलाकाको वास्तविक नियन्त्रण रेखा (एलएसी) स्थित शंकर टिकरीमा भारतीय सैनिकका जवानमाथि हातपात गरेका हुन् ।

यो भुमिलाई आफ्नो दाबी गर्दै चिनियाँ सुरक्षा फौज अगाडि बढ्न खोज्दा रोक्ने भारतीय सैनिकमाथि हातपात गरेर भित्र छिरेका थिए । त्यहाँ २७६ जना चिनियाँ सैनिकको फौज थियो ।

india-china1

पछि भारतीय सैनिकका कमाण्डर आएर स्थिती सम्हालेका थिए । चिनियाँ सैनिकलाई गिफ्ट दिएर तथा न्यानो स्वागत दिएर फिर्ता पठाएको समाचारमा उल्लेख छ ।

यसअघि उक्त भुमिलाई चिनियाँ सेना तीन घण्टासम्म कब्जामा लिएको खबर भारतको चर्चित पत्रिका टाइम्स अफ इण्डियाले जनाएको थियो ।