१९ कार्तिक २०८३, बिहिबार

काठमाडौंबाट पोखरा हिडेको पर्यटक बस पल्टियो, १७ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

चितवन, २ असार । काठमाडौँबाट पोखरातर्फ भ्रमणमा जान आउँदै गरेको एक पर्यटक बस आज दिउँसो दारेचोक गाउँ विकास समिति वडा नं ३ नाग्दी खोलास्थित पृथ्वी राजमार्गबाट तल खस्दा बसमा सवार १७ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रहरीका अनुसार बा१प ८०५ नंको पर्यटक बस काठमाडौँको एक कलेजका विद्यार्थी लिएर पोखरा जान आउँदै गर्दा दुर्घटनामा परेको हो । घाइतेहरुको उपचारका लागि भरतपुरका अस्पतालहरुमा ल्याइएको छ । बस भित्तापट्टि खसेकाले ५० मिटर तल मात्र पुगी ठूलो क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ । अर्कोपट्टि त्रिशूली नदी रहेको छ ।

बस दिउँसो २ बजेको समयमा दुर्घटना भएको हो । गम्भीर घाइतेमध्ये एक बस चालक हुन् । कलेजको नाम भने खुलिसकेको छैन । बसमा १७ जना मात्रै सवार थिए । रासस